बेलायतमा रहेको गलकोट समाज यूकेले पहिलो पटक देउसी भैलो कार्यक्रमको भव्य आयोजना गर्यो, जसले सामाजिक एकता र आत्मीयताको भावना पुनः जागृत गरायो। यस कार्यक्रममा नेपालका चर्चित गायक श्रीकृष्ण बम मल्ललाई विशेष निमन्त्रणा गरिएको थियो। मल्लले आफ्ना लोकप्रिय गीतहरु गाएर दर्शक तथा श्रोताहरुलाई नचाए र मनोरञ्जन प्रदान गरे। यसैगरी, समाजसेवी व्यक्तित्व संगितप्रेमी गोविन्द सापकोटाले देउसी भैलो भट्याएर गीत गाएर सम्पूर्णलाई नचाए ।
यो कार्यक्रम गलकोट समाजका अध्यक्ष चन्द्र शाहानीको रेस्टुरेन्टपवमा आयोजना गरिएको थियो। जहाँ मिठा परिकारको स्वादसँगै खानपिन, नाचगान र रमाइलो गरियो। कार्यक्रममा सबैले एकअर्कासँग घुलमिल हुने अवसर पाए, जसले यूकेमा बसोबास गरिरहेका गलकोटबासीहरुबीच आपसी माया र भाइचारा अझ बढायो।
यस बाहेक, गलकोट समाज यूकेका अध्यक्ष चन्द्र शाहानीले बाग्लुङ्गको गलकोटमा रहेको नगरअस्पताललाई अत्याधुनिक फिजियोथेरापि सामग्री प्रदान गर्ने योजना बनाएका छन्। यो उद्देश्यका लागि समाजले आर्थिक संकलन अभियान पनि सञ्चालन गरिरहेको छ। यस देउसिभैलो बाट उठेको दान पनी सोहि सामाग्रीमा लगाउने बताउनुभयो । यस प्रकारका कार्यहरुले समाजलाई आर्थिक रुपमा बलियो बनाउनुका साथै समाजिक उत्तरदायित्वमा पनि महत्वपूर्ण योगदान दिन्छ।
समग्रमा, यस देउसी भैलो कार्यक्रमले रमाइलो प्रदान गरे संगै यूकेमा रहेका गलकोटबासीहरुबीचको एकता र सहकार्यको भावना झल्काउने एउटा उदाहरण प्रस्तुत गर्यो। समाजले यस्ता कार्यक्रमहरु मार्फत नेपाली संस्कृति र परम्परालाई जीवित राख्ने प्रयास गरेको छ, जसले आगामी पुस्तालाई पनि आफ्नो संस्कृति प्रतिको गौरव महसुस गराउँछ।
देउसिभैलो भिडियो लिङ्क यहां क्लीक गर्नुहोस्