दानविर वृटिस
२१ नं टेबलमा बसेका ब्रीटिस ग्राहक ले पर बाट आउदै गरेका रेस्टुरेन्ट साहु लाइ सोध्छन- कहाँ देखि आउनुभयो? (अङ्ग्रेजीमै)
पुरानो चिनजान भएका ग्राहक भएकाले हेल्लोहाई पछि उनले भने -च्यारिटि कार्यक्रममा गएर आएको ।
– के को च्यारिटि ? श्रीमति सङ्ग वाईनमा रमाईरहेका उक्त ग्राहक ले अझ उत्सुकताका साथ सोद्छन ।
– नेपालमा अपांगता भएका व्यक्तिलाई हामिले यहाबाट सहयोग गर्दै छौ भनेर रेस्टुरेन्ट साहु ले भन्न के भ्याएका थिए, उक्त बृटिस ग्राहक फ्याट्ट बोलिहाले -ल मेरो हजार पाउण्ड आयो । श्रीमान को बोलिमा सहमति जनाउदै वाईन ग्लास उठाउदै श्रीमतिले भनिन ‘दुखमा परेकालाई सहयोग गर्न पाउनु हाम्रो सुख हो ।’
सबै योजना उद्धेश्य र पृष्ठभुमी धेरै बताउनै नपाई र कुनै अपिल नै नगरि यो जोडिले गरेको सहयोग देखेर रेस्टुरेन्ट साहु अवाक भए । त्यसो त ति उनका नयाँ ग्राहक होइनन पुराना भएको ले उठबस हिमचिम राम्रै थियो । तर एक्कासि यत्रो सहयोग गर्लान भन्ने सोचेका थिएनन । धन्यवाद दिएर अंगालो मारे र भने तपाईहरुको यो सहयोग रकम नेपाल का संबन्धित व्यक्तिमाझ पुग्नेछ र तिनिहरुले आशिर्वाद दिनेछन। यस्तै भन्दै गफिन थाले । यतिकैमा पछाडि उभिएका हामिलाई पनि परिचय गराए ति दानविर संग ।
हामी सबैको अनुहारमा मुस्कान थियो। हामिले पनि धन्यवाद भन्यौ। रेस्टुरेन्टमा अरू ग्राहकले पनि त्यो संवाद सुन्दै थिए । कोही टेबुलमा बसेर हल्का मुस्कान दिंदै थिए, कोही मनमनै सोचिरहेका होलान, “मानिसको दान दिने भावना साँचिकै कति पवित्र हुन्छ ।”
एकैछिनमा उनिहरुको जानेबेला भएको संकेत गरे पछि साहु ले कसिलो हात मिलाउदै विदा गरे हामिले पनि हाम्रो संस्कारी विदा नमस्ते गरेर हात हल्लायौ । उनिहरु हिडेपछि साहुले हामितिर हेर्दै भने देख्यौनि साथीहो मेरा ग्राहक कत्तिको मनकारि रैछन ? छाति चौडा पारेर वात मारिरहेका रेस्टुरेन्ट साहुलाई हामिले एकै स्वरमा भन्यौ ‘ल बधाई छ ।’
पल्लो छेउबाट कुरा सुनिरहेका रेस्टुरेन्ट म्यानेजर आएर मुसुक्क हास्दै भन्छन- “मान्छे धनि भएर मात्रै केहि हुन्न यस्तो उदार मनका भए बल्ल समाजमा आदर पनि बढ्छ ।
– यसले बेलाबेला टुच्च दिन्छ फेरी भन्दै म्यानेजर को कुम थपथपाए साहुले ।
च्यारिटि कार्यक्रमको समिक्षात्मक डिनर को लागी हामी त्यँहा पुगेका थियौ साथमा आयोजक संस्थाका अध्यक्ष रुद्र थापामगर, गोविन्द सापकोटा गोमा पौडेल लगायत अन्य साथीहरु थिए ।
यस्तै यस्तै गफिदै गर्दा हाम्रो डिनर पनि आयो र हामी डिनर गर्न थाल्यौ ।
( १ डिसेम्बर को बेलुका सुरेश केसि को अवतार डाइन रेस्टुरेन्टमा भएको भेटघाट कुराकानीको छोटो अंश )